Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

पौभा चित्रकला प्रदर्शनीमा ७० हजारदेखि १० लाख रुपैयाँसम्मका पेन्टिङ

पौभा चित्रकला प्रदर्शनीमा ७० हजारदेखि १० लाख रुपैयाँसम्मका पेन्टिङ


  • 708
    Shares

    पौभा चित्रकला प्रदर्शनीमा ७० हजारदेखि १० लाख रुपैयाँसम्मका पेन्टिङ
    images

    काठमाडौं । काठमाडौंमा परम्परागत पौभा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । यो प्रदर्शनीमा ७० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म पर्ने चित्रकला राखिएको छ । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरी भइरहेको पौभा चित्रकला प्रदर्शनीमा नयाँ तथा पुराना पुस्ताका उक्त मूल्य बराबरको चित्रकला प्रदर्शनीमा राखिएको हो ।

    पौभा चित्रकार रजनी सिंखवाले पौभा ‘मास्टर्स अफ डिभोसनः पौभा आर्ट फ्रम भक्तपुर’ शीर्षकमा प्रदर्शनी गरिएको जानकारी दिए। उनका अनुसार प्रदर्शनीमा भक्तपुरका २२ कलाकारका चित्रकला प्रस्तुत गरिएका छन् । पौभा चित्रकला परम्परागत मौलिक नेपारी चित्रकला भएको उनले बताए। पौभा चित्रकला हजारौँ वर्ष पहिलादेखि चलिआएको शैलिगत आर्ट भएको उनको भनाई छ । पौभा चित्रकलामा हिन्दु र बौद्ध धर्म भगवानहरुको चित्र बनाइने उनले जानकारी दिए। 

    उनले पौभा चित्रकलाको लागि धेरै मेहनत र समय खर्च हुने भएकोले यसको मूल्य पनि बढी हुने बताए भने सामान्य पौभा चित्रकला बनाउन पनि कम्तिका एक महिना लाग्ने उनले बताए ।

    उनले भने, ‘पौभा आर्ट चाहीँ नर्मली आर्टहरु कस्तो हुन्छ भने मुल्य आर्टिस्टले आफ्नो क्रिएशन, आफ्नो क्रियटिभिटीलाई ध्यानमा राखेर मूल्य गरिन्छ तर हाम्रो पौभा पेन्टिङ एकदमै मेहनत नै धेरै हुन्छ, समय धेरै हुन्छ, लगानी धेरै हुन्छ । त्यहीअनुसार समग्रमा मूल्य पनि जुन समय धेरै गएको छ नी मूल्य पनि त्यहीअनुसार आर्टिस्टको अलिकति अरु हामीले मार्केटमा देख्ने पेन्टिङ भन्दा अलिकति बढी नै भएको पाइन्छ । यो प्रर्दशनीमा तपाईहरुले ७० हजार देखीको आर्ट शुरु भएर ८र१० लाखको पेन्टिङ पनि देख्न सक्नुहुनेछ ।’

    उनले प्रर्दशनीमा रहेका ३८ वटामध्ये ४ वटा चित्रकला विक्री भएको जानकारी दिए । उनकाअनुसार प्रर्दशनीमा स्वर्गीय ग्याकंर बज्रचार्यको एकदमै पुरानो आर्ट रहेको छ । साथै ७० वर्षमाथिका सूर्यबहादुर चित्रकार, अजय कर्माचार्य, बलराम निष्ठू, चन्द्रकृष्ण किजू, हरिप्रसाद वैद्य, किरण जोशीलगायत कलाकारले बनाएका चित्रकला प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी आगामी मङ्सिर ६ गतेसम्म जारी रहनेछ । प्रदर्शनीमा निशुल्क सहभागी भएर अवलोकन गर्न सकिनेछ । 

    प्रकाशित मिति :कार्तिक ११ २०८२ मंगलवार - १७:३०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij