Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

बागमती प्रदेशका सांसदहरूको स्वकीय सचिवको तलब भत्ता रोकियो, प्रदेश सरकारको निर्णयको प्रतीक्षा

बागमती प्रदेशका सांसदहरूको स्वकीय सचिवको तलब भत्ता रोकियो, प्रदेश सरकारको निर्णयको प्रतीक्षा


  • 652
    Shares

    बागमती प्रदेशका सांसदहरूको स्वकीय सचिवको तलब भत्ता रोकियो, प्रदेश सरकारको निर्णयको प्रतीक्षा
    images

    काठमाडौं । सङ्घीय सरकारले सांसदहरूको स्वकीय सचिवको सुविधा कटौती गर्ने निर्णय गरेसँगै बागमती प्रदेशका सांसदहरूका स्वकीय सचिवहरूको सुविधा पनि प्रभावित भएको छ। प्रदेश सरकारले यसबारे कुनै निर्णय नगर्दा प्रदेशसभा सदस्यका स्वकीय सचिवहरूको तलब भत्ता रोकिएको छ।

    सङ्घीय सरकारले असोज ५ गते गरेको निर्णयमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख र सङ्घ तथा प्रदेश सरकारका मन्त्रीबाहेक अन्य राजनीतिक पदाधिकारीलाई स्वकीय सचिवको सुविधा खारेज गर्ने उल्लेख छ।

    सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन लिइएको उक्त निर्णयले प्रदेशसभा सदस्यका स्वकीयहरूको तलब भत्ता रोकिएको बागमती प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन् ।

    सचिव पौडेलले भने, ‘तलब भत्ता दिने वा नदिने भन्ने विषयमा प्रदेश सरकारले निर्णय गरेको छैन। अहिले बजेट खर्च प्रणाली पनि चलेको छैन र अर्थ मन्त्रालयले खर्चको शीर्षकहरू रोकेको अवस्था हो,’  ‘यो अवस्था बागमती प्रदेशमा मात्र नभई अन्य प्रदेशमा पनि देखिएको छ। अन्य प्रदेशमा पनि प्रदेश सभा सदस्यका स्वकीय सचिवहरूको तलब रोकिएको छ।’

     

    प्रकाशित मिति :कार्तिक ११ २०८२ मंगलवार - १३:३५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij