Logo

२०८२ कार्तिक १० गते सोमवार

२०८२ कार्तिक १० गते सोमवार

भारत र चीनसँग मात्रै ३ खर्ब बढीको व्यापार घाटामा नेपाल

भारत र चीनसँग मात्रै ३ खर्ब बढीको व्यापार घाटामा नेपाल


  • 659
    Shares

    भारत र चीनसँग मात्रै ३ खर्ब बढीको व्यापार घाटामा नेपाल
    images

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै ३ खर्ब बढीको व्यापार घाटा व्यहोर्नुपरेको छ । निर्यात भन्दा आयात चुलिँदा नेपालले छिमेकी दुई देशसँग ३ खर्ब ४ अर्ब ४५ करोडको व्यापार घाटा व्यहोरेको हो । 

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन-असोज) सम्ममा भारतबाट नेपालले २ खर्ब ५८ अर्ब ८७ करोडको वस्तु आयात गरेको छ । यो अवधिमा ५९ अर्ब १२ करोडको मात्रै वस्तु निकासी गरेको छ । जसबाट पहिलो त्रैमासमा भारतसँग मात्रै नेपालले १ खर्ब ९९ अर्ब ७४ करोडको व्यापार घाटा व्यहोर्नुपरेको छ । 

    त्यस्तै, उत्तरी छिमेकी देश चीनसँग नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन-असोज) सम्ममा १ खर्ब ४८ अर्ब ९४ करोडको वस्तु आयात गरेको छ भने निर्यात भने १८ करोड ६४ लाखको मात्रै गरेको छ । जसबाट नेपालले १ खर्ब ४ अर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । 

    भारतपछि सबैभन्दा बढी व्यापार घाटा रहेको मुलुकमा चीन पर्ने गरेको छ । त्यस्तै, नेपालले अफगानिस्तान, अर्जेनटिना, अस्ट्रेलिया, बंगलादेशदेखि अमेरिकी मुलुकसँग पनि ठुलो व्यापार घाटा व्यहोरेको छ । 

    नेपालले १ सय ४० देशसँग वैदेशिक व्यापार गर्दै आएकोमा साइप्रस, बहामासलगायतका केही देशहरूसँग वैदेशिक व्यापार नाफामा गर्दै आएको विभागको तथ्यांकले देखाउँछ । 

     

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - १६:३२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij