२०८२ भाद्र २ गते सोमवार
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । कास्कीका ६ जना, म्याग्दीका २ जना तथा स्याङ्जा र तनहुँका एक एक जनाको ज्यान गएको हो ।
पोखरामा उपचाररत रुपन्देहीका २ जनाको पनि निधन भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जनाएका छन् । मृत्यु हुनेमा म्याग्दीको बेनी नगरपालिका १ का ६० र बेनी ९ कै ५४ वर्षीय पुरुष रहेका छन् ।
कास्कीको हकमा पोखरा महानगर १ का ६८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा १६ की ६० वर्षीय महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरा ६ का ५२ वर्षीय पुरुषको फिस्टेल अस्पताल, पोखरा ६ कै ३२ वर्षीय महिलाको गण्डकी मेडिकल कलेज, पोखरा ८ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल र २१ का ८० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो ।
निर्देशनालयले मंगलबार दिउँसो जारी गरेको सूचनामा सो जानकारी दिएको हो । गण्डकीमा हालसम्म कोरोनाबाट २ सय ८८ जनाको मृत्यु भएको छ भने पछिल्लो वैशाखयता निधन हुनेको संख्या ८० पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij