Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

मन्त्री घिसिङद्वारा निर्माणाधिन संसद भवन निरीक्षणः समयमै काम सम्पन्न नभए जरिबाना तिराउने चेतावनी

मन्त्री घिसिङद्वारा निर्माणाधिन संसद भवन निरीक्षणः समयमै काम सम्पन्न नभए जरिबाना तिराउने चेतावनी


  • 2.5K
    Shares

    मन्त्री घिसिङद्वारा निर्माणाधिन संसद भवन निरीक्षणः समयमै काम सम्पन्न नभए जरिबाना तिराउने चेतावनी

    शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधिन संसद भवन निरीक्षण गर्नुभएको छ । 


    शनिवार सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको मन्त्री घिसिङले निरीक्षण गर्नुभएको हो । आगामी निर्वाचन फागुन २१ मा हुँदैछ । फागुन २१ मा निर्वाचन भइ प्रतिनिधि सभा सदस्यहरुले नयाँ संसद भवनबाट कार्य सञ्चालन गर्नसक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तिब्र बनाउन निर्देशन दिइएको छ । अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री घिसिङले पुरानो संसद भवन जेन जी आन्दोलनका क्रममा आगलागी भएर ध्वस्त भएकाले राष्ट्रिय सभा पनिसञ्चालन गर्नुपर्ने र प्रतिनिधि सभा पनि फागुन २१ गतेपछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । नयाँ संसद भवन छिटो भन्दा छिटो सञ्चालन गर्न नसके असर धेरै पर्ने स्थिति रहेको बताउनु भयो । पुस १६ गतेसम्म सबै काम गरिसक्ने निर्माण कम्पनीले भनेपनि त्यो स्थिति पूरा हुन गाह्रो रहेको बताउनु भयो । हरेक दिनको सेड्युल बनाएर काम गर्न निर्देशन दिनुभयो । दुई चरणमा काम गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । दुई दिनभित्र सेड्युल पेश गर्न र त्यही अनुसार काम गर्न निर्देशन दिनुभयो । निर्माण कम्पनीले चाहेको खण्डमा समयमै काम सकिने जिकिर गर्नुभयो । आवश्यक श्रोत, साधन र जनशक्ति खटाएर तिब्रताका साथ काम गर्न निर्देशन दिनुभयो । समयमै काम सम्पन्न नभए कारबाही स्वरुप जरिबाना तिराउने चेतावनी दिनुभयो । 

    अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने मिति तोकेको छ । तर राजनीतिक दलहरु भने सरकार निर्वाचन गराउन भन्दा भाँड्ने काममा लागेको भन्दै आपत्ति जनाइरहेका छन् । नेकपा एमाले संसद पुनःस्थापना हुनुपर्ने भन्दै अदालत जाने तयारीमा छ ।

    प्रकाशित मिति :कार्तिक ८ २०८२ शनिवार - १७:१५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij