Logo

२०८२ कार्तिक ८ गते शनिवार

२०८२ कार्तिक ८ गते शनिवार

मन्त्री घिसिङद्वारा निर्माणाधिन संसद भवन निरीक्षणः समयमै काम सम्पन्न नभए जरिबाना तिराउने चेतावनी

मन्त्री घिसिङद्वारा निर्माणाधिन संसद भवन निरीक्षणः समयमै काम सम्पन्न नभए जरिबाना तिराउने चेतावनी


  • 1.2K
    Shares

    मन्त्री घिसिङद्वारा निर्माणाधिन संसद भवन निरीक्षणः समयमै काम सम्पन्न नभए जरिबाना तिराउने चेतावनी
    images

    शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधिन संसद भवन निरीक्षण गर्नुभएको छ । 


    शनिवार सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको मन्त्री घिसिङले निरीक्षण गर्नुभएको हो । आगामी निर्वाचन फागुन २१ मा हुँदैछ । फागुन २१ मा निर्वाचन भइ प्रतिनिधि सभा सदस्यहरुले नयाँ संसद भवनबाट कार्य सञ्चालन गर्नसक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तिब्र बनाउन निर्देशन दिइएको छ । अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री घिसिङले पुरानो संसद भवन जेन जी आन्दोलनका क्रममा आगलागी भएर ध्वस्त भएकाले राष्ट्रिय सभा पनिसञ्चालन गर्नुपर्ने र प्रतिनिधि सभा पनि फागुन २१ गतेपछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । नयाँ संसद भवन छिटो भन्दा छिटो सञ्चालन गर्न नसके असर धेरै पर्ने स्थिति रहेको बताउनु भयो । पुस १६ गतेसम्म सबै काम गरिसक्ने निर्माण कम्पनीले भनेपनि त्यो स्थिति पूरा हुन गाह्रो रहेको बताउनु भयो । हरेक दिनको सेड्युल बनाएर काम गर्न निर्देशन दिनुभयो । दुई चरणमा काम गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । दुई दिनभित्र सेड्युल पेश गर्न र त्यही अनुसार काम गर्न निर्देशन दिनुभयो । निर्माण कम्पनीले चाहेको खण्डमा समयमै काम सकिने जिकिर गर्नुभयो । आवश्यक श्रोत, साधन र जनशक्ति खटाएर तिब्रताका साथ काम गर्न निर्देशन दिनुभयो । समयमै काम सम्पन्न नभए कारबाही स्वरुप जरिबाना तिराउने चेतावनी दिनुभयो । 

    अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने मिति तोकेको छ । तर राजनीतिक दलहरु भने सरकार निर्वाचन गराउन भन्दा भाँड्ने काममा लागेको भन्दै आपत्ति जनाइरहेका छन् । नेकपा एमाले संसद पुनःस्थापना हुनुपर्ने भन्दै अदालत जाने तयारीमा छ ।

    प्रकाशित मिति :कार्तिक ८ २०८२ शनिवार - १७:१५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij