Logo

२०८२ कार्तिक ८ गते शनिवार

२०८२ कार्तिक ८ गते शनिवार

रुकुम पश्‍चिममा जीप दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु

रुकुम पश्‍चिममा जीप दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु


  • 981
    Shares

    रुकुम पश्‍चिममा जीप दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु
    images

    रुकुम । रुकुम पश्चिममा शुक्रबार एउटा जीप दुर्घटना हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ। रा १ ज ४२२ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

    जिल्लाको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो। यो दुर्घटनामा अरू ५ जना यात्रु घाइते भएका छन्।

    अहिले दुर्घटनास्थलमा उद्धार जारी रहेको छ । यो जीप सदरमुकाम खलङ्गाबाट स्यालाखदीतर्फ गइरहेको बेला दुर्घटनामा परेको हो ।

    दुर्घटनामा जीप चालक टोपजङ बुढा गम्भीर घाइते भएका छन्। यो जीपमा सिट क्षमताभन्दा बढी यात्रु राखिएको खुलेको छ।

    दुर्घटनापछि उद्धार जारी रहेकाले विस्तृत विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालयबाट पनि टोली घटनास्थलतर्फ गइसकेको छ ।

    प्रकाशित मिति :कार्तिक ७ २०८२ शुक्रवार - २०:०६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij