Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मलद्वारमा फेला पर्‍यो पहेलो धातु, भारतीय नागरिक पक्राउ

मलद्वारमा फेला पर्‍यो पहेलो धातु, भारतीय नागरिक पक्राउ


  • 1.2K
    Shares

    • images
    मलद्वारमा फेला पर्‍यो पहेलो धातु, भारतीय नागरिक पक्राउ

    काठमाडौ. । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेलो धातुसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा अन्दाजी ४५ वर्षीय राहदानी नम्बर बि ६६४४९३४ बाहक नर्पतसिंह सोलङ्की रहेका काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

    मंगलबार दिउँसो थाइ लायन एयरको उडान नम्बर एसएल–२२० बाट थाइल्याण्डको बैङ्ककबाट आएका सोलङ्की विमानस्थलको अराइभल भन्सार क्षेत्रमा जाँचपछि टनेल गेटबाट बाहिर निस्किने क्रममा पक्राउ परेका हुन्।

    ड्युटीमा खटिएको प्रहरीले उनको गतिविधि शङ्कास्पत लागेपछि नियन्त्रणमा लिएका कार्कीले जानकारी दिए।

    उनको केएमसी अस्पतालमा भिडियो एक्सरे गर्दा मलद्वारमा प्लाष्टिको ¥याप गरी एउटा डल्ला सुन जस्तो देखिने पहेलो धातु ९० ग्राम फेला पारेको प्रहरीले जनाएको छ।

    उक्त सामान मलद्वारबाट निकाल्न लगाई उपत्यका प्रहरी कार्यलयको लेखा शाखामा राखेर उनलाई जिल्ला प्रहरी परीसर काठमाडौँ पठाएको छ।

    तिहार बिदापछि उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामङ्गल बुझाइने एआइजी कार्कीले जानकारी दिए। 

    प्रकाशित मिति :कार्तिक ५ २०८२ बुधवार - ०८:१७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij