२०८२ फाल्गुण २१ गते बिहिवार
साने ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। जापानी संसदको दुवै सदनमा भएको मतदानमा बहुमत हासिल गर्दै उनी देशकै पहिलो प्रधानमन्त्री चुनिएकी हुन्।
६४ वर्षीया ताकाइची दक्षिणपन्थी नेतृ हुन्। उनलाई जापानको ुआइरन लेडीु भनेर चिनिन्छ। यो ताकाइचीको प्रधानमन्त्री बन्ने तेस्रो प्रयास हो।
ताकाइची सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी ९एलडीपी० का सदस्य हुन्। पछिल्लो पाँच वर्षमा एलडीपले नयाँ प्रधानमन्त्री चयन गरेको यो चौथोपटक हो।
साने ताकाइची एलडीपीको कट्टरपन्थी गुटकी हुन् र पूर्व जापानी प्रधानमन्त्री सिन्जो आबेको नजिक मानिन्छिन्। उनले पहिले मन्त्रीका रूपमा काम गरेकी थिइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij