२०८२ कार्तिक ३ गते सोमवार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कुलपति प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्ने भन्दै त्यसका लागि छलफल भएको बताएका छन्।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले विश्वविद्यालयमा राजनीतिकरण निर्मुल पार्नुपर्ने सुझाव आएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा उनले मन्त्री हुँदा आफूले करिब एक महिनामा गरेका कामबारे जानकारी दिँदै उनले यस्तो बताएका छन्। पुनले भने, ‘कुलपति प्रधानमन्त्री हुने चलन छ। अब प्रधानमन्त्री नरहने व्यवस्था गर्नुपर्छ। छलफल हुँदैछ,’।
उनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij