२०८२ कार्तिक ३ गते सोमवार
काठमाडौं । तिहार पर्वको विदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने भएको छ । सो समयमा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनामा दीपावलीमा कात्तिक ७ गते भाइटीका र शनिबारको दिनबाहेक अरू दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ हुने उल्लेख छ ।
‘सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिन बाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११:०० बजेदेखि अपराह्न ३ः ०० बजेसम्म अदालत खुला रहने छ’, सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij