Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

देश छोडेर भाग्दिन, भाग्नुपर्ने कुनै कारण छैनः पूर्वऊर्जामन्त्री खड्का

देश छोडेर भाग्दिन, भाग्नुपर्ने कुनै कारण छैनः पूर्वऊर्जामन्त्री खड्का


  • 386
    Shares

    देश छोडेर भाग्दिन, भाग्नुपर्ने कुनै कारण छैनः पूर्वऊर्जामन्त्री खड्का
    images

    काठमाडौं । नेपाली काँग्रेसका नेता एवं निःवर्तमान ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफू देश छोडेर भाग्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

    गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वमन्त्री खड्का अमेरिका भागेको भनि अन्तर्वार्ता दिएलगत्तै उनले सोमवार जेनजी आन्दोलनले ध्वस्त बनाएको आफ्नै निवास परिसरमा पत्रकार सम्मेलन गरी सो दाबी गरेका हुन् । 

    उनले गृहमन्त्री अर्याललाई आफू के कारणले देश छोडेर भाग्नुपर्ने रहेछ रु भनि प्रश्न समेत गरेका छन् ।  उनले राजनीति खर्चिलो हुन्छ भनेर आफूले व्यापार व्यवसाय गरेर राजनीतिमा आएको पनि बताएका छन् ।

    पूर्वमन्त्री खड्काले भने,‘ उहाँ कानूनको विद्यार्थी हुनुहुन्छ रे भन्ने मैले सुनेको छु । कानूनी राज्यको विषयमा उहाँ राम्रै जान्नु हुन्छ गृहमन्त्रीजी । म के कारणले भाग्नुपर्ने रहेछ रु म पदमा हुँदा मैले गरेका निर्णयहरु, पदमा नहुँदा मैले गरेका व्यवहार, व्यापारहरु, मैले राजनीतिक गरेको नै राजनीति खर्चिलो छ । आयआर्जन चाहिन्छ भनेर व्यवसाय गरेर त्यसबाट खान लगाउनु पुग्छ भनेर म राजनीति सुरु गरेको मान्छे हो । सायद भ्रष्टाचार विरुद्धमा सबैभन्दा बढी अभियानकै रुपमा लिएर जाने मान्छे हो म ।’

    नेता खड्काले आफू श्रीमती डेंगु लागेर विरामी भएपछि उपचारको लागि भारत गएको स्पष्टिकरण समेत दिएका छन् । 

    प्रकाशित मिति :कार्तिक ३ २०८२ सोमवार - १३:४१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij