२०८२ कार्तिक ३ गते सोमवार
काठमाडौं। निवर्तमान ऊर्जामन्त्री दीपक खड्का आफ्नै घरबाट लाइभ आएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले देश छोडेर भागेको भनेर दाबी गरिएका खड्का सोमबार आफ्नै क्षतिग्रस्त घरबाट फेसबुकबाट लाइभ आएका हुन् ।
गृहमन्त्री अर्यालले भनेका थिए, ‘तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौँ,’। केही दिनअघि एउटा दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै उनले यो दाबी गरेका थिए ।
खड्काले जेनजी पुस्ताले गरेको आन्दोलन जायज भए पनि आन्दोलनमा देखिएका अदृश्य शक्तिका कारण देश नै रहने कि नरहने र हामीले नेपाली भन्न पाउने कि नपाउने भन्ने अवस्था रहेको बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij