Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

गोरखा सांस्कृतिक समाजको दशौं साधारण सभा सम्पन्न, अध्यक्षमा चिजा तामाङ्ग

गोरखा सांस्कृतिक समाजको दशौं साधारण सभा सम्पन्न, अध्यक्षमा चिजा तामाङ्ग


  • 6.9K
    Shares

    गोरखा सांस्कृतिक समाजको दशौं साधारण सभा सम्पन्न, अध्यक्षमा चिजा तामाङ्ग

    काठमाडौं । गोरखा सांस्कृतिक समाजको दशौं साधारण सभा र पाँचौं अधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त अधिवेशनबाट अध्यक्षमा चिजा तामाङ्ग निर्वाचित भएकी छिन्।

    यस्तै वरिष्ठ उपाध्यक्षमा हरिराम परियार, प्रथम उपाध्यक्षमा मिरा गोर्खाली, द्वितीय उपाध्यक्षमा सुमन परियार, महिला उपाध्यक्षमा बेलीमाया पुलामी, उपाध्यक्षमा दिप गुरुङ/रायन बस्याल र महासचिवमा टेक बहादुर गुरुङ निर्वाचित भएका छन् ।

     समाजको उपमहासचिवमा सचिन भट्टराई, सचिवमा सबिता पोखरेल, महिला सचिवमा रेश्मा तामाङ, कोषाध्यक्षमा मधु रसाइली, सहकोषाध्यक्षमा सरिता भारती र सदस्यहरुमा रेजिना परियार, देवी आले, भीमा गुरुङ, खेम तिवारी, बसन्त श्रेष्ठ, कला गुरुङ, चिज कुमार गुरुङ, सुस्मिता गुरुङ, गोविन्द भट्ट, कृष्ण लामिछाने निर्वाचित भएका हुन् ।

    566224145_1884751082420995_5149632918199583404_n.jpg

    कार्यक्रममा प्रमुख अतिथिको रूपमा वरिष्ठ संगीतकार तथा शिक्षाविद् आलोक श्री उपस्थित थिए। उनले नयाँ नेतृत्वको समितिलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरे।

    566207461_2433691710420288_1044226863627608538_n.jpg

    गोरखा सांस्कृतिक समाजले डिजिटल पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका पत्रकार बिमलबाबु भट्टलाई “गोरखा सांस्कृतिक समाज पत्रकारिता पुरस्कार २०८२” प्रदान गरेको छ।

    सोही अवसरमा समाजका अध्यक्ष सुनिल लामिछाने र कार्यवाहक महासचिव टेक बहादुर गुरुङले विभिन्न बिधाका दिग्गज व्यक्तित्वहरुलाई पुरस्कार प्रदान गरेका थिए। 

    565162964_1499135844669597_6553882986219136428_n.jpg

     

    images
    प्रकाशित मिति :कार्तिक २ २०८२ आइतवार - १६:०१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij