२०८२ कार्तिक २ गते आइतवार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले लाभांश पारित गर्न आगामी कात्तिक ३० गते २४औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०८१\८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल १०.५३ प्रतिशतले हुन आउने १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार ९१५ रुपैयाँबराबरको लाभांश अनुमोदन गर्ने भएको छ।
जसमा ५ प्रतिशतले हुन आउने ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँबराबरको बोनस शेयर र ५.५३ प्रतिशतले हुन आउने ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनसहित) छन्।
सभाले बोनस शेयर वितरणपछि पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ भने सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट निर्देशन तथा रायसुझाव समेट्न सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले स्वतन्त्र सञ्चालकमा ४ वर्षका लागि कमला वाग्लेको नियुक्त पारित गर्नेछ। सभाले गत आर्थिक वर्षका वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सोही सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि बैंकले कात्तिक १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij