Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

पार्टी महाधिवेशन मंसिरभित्रै हुनुपर्छः काँग्रेसका विशेष महाधिवेशन पक्षधर

पार्टी महाधिवेशन मंसिरभित्रै हुनुपर्छः काँग्रेसका विशेष महाधिवेशन पक्षधर


  • 365
    Shares

    पार्टी महाधिवेशन मंसिरभित्रै हुनुपर्छः काँग्रेसका विशेष महाधिवेशन पक्षधर
    images

    काठमाडौं । नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरुले पार्टी महाधिवेशन अविलम्व हुनुपर्ने माग गरेका छन् । आईतवार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हस्ताक्षर पक्षधरहरुले यस्तो माग गेका हुन् । उनीहरुले केन्द्रिय समितिले बैठक अस्वभाविक रुपमा लम्ब्याएको आरोप लगाएका छन् ।

    महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रिय समितिको बैठक अनिश्चित देखिनुले पदाधिकारीहरुसहित केन्द्रिय समितिको मनशाय महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ उद्यत रहेको देखिएको बताएका छन्। 

    कुनैपनि कारण देखाएर महाधिवेशन प्रतिनिधिहरुको अवमूल्यन गर्ने र महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने बताएका छन्। पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रिय समितिको असफलताको मानक नेपाली राजनीतिमा भएका घटनाहरुले पुष्टि गरेको जिकिर गरेका छन्। केन्द्रिय कार्यसमितिले आफ्नो म्याद थपरेर पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसकेको टिप्पणी गरेका छन् ।

    आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता महशुस गरी विशेष महाधिवेशन माग गरिएको स्पष्ट पारेका छन् भन आफूहरुको मागप्रति गम्भीर रही महाधिवेशनतर्फ अग्रसर हुन सचेत गराएका छन्। 

    आगामी मंसिरभित्र विधिवत महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको आवश्यकता भएको बताएका छन्। उनले केन्द्रिय कार्य समिति पार्टीको मूल जिम्मेवारीबाट भाग्न खोजेको र बरालिएको महशुस आफूहरुले गरेको बताएका छन् । उनले विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष, स्वभाविक आवश्यकताको रुपमा महशुस गरी कार्यान्वयनतर्फ अघि बढ्न माग गरेका छन् । 

    नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरु घिमिरेले भदौ २३ र २४ का तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर आफूहरु नभएको बताएका छन् । उनले आगजनी र तोडफोड, लुटपाटका क्रियाकलापहरु निन्दनीय रहेको बताएका छन्। 
    २०४६ साल यता नेतृत्व गर्दा र जनताले बारम्बार दिएको जिम्मेवारी, हरेक निर्वाचनमा प्राप्त गरेको समर्थनलाई दृष्टिगत गर्दा हामीबाट पनि कमजोरी भएको कुरा महशुस गर्न जरुरी रहेको बताएका छन् । 

    गत असोज २९ गते नेपाली काँग्रेसका केन्द्रिय कार्यालयमा पुगेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १४ औं महाधिवेशनका २ हजार ४ स्य ८८ प्रतिनिधिहरुले हस्ताक्षरसहितको निवेदन बुझाएका थिए । बदलिँदो राजनीतिक परिवेशलाई आत्मसाथ गर्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुले पार्टीको विधानको धारा १७९२० बमोजिम महाधवेशनको माग गरेको बताएका छन् ।

     

    प्रकाशित मिति :कार्तिक २ २०८२ आइतवार - १२:०६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij