Logo

२०८२ मंसिर २२ गते सोमवार

२०८२ मंसिर २२ गते सोमवार

तिहार बिदामा पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन

तिहार बिदामा पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन


  • 694
    Shares

    तिहार बिदामा पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन  गर्न  निर्देशन
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वको सार्वजनिक बिदाको समयमा पनि भाइटीकाको दिनबाहेक अन्य दिनमा भन्सार जाँचपाससम्बन्धी बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

    केन्द्रीय बैंकले ‘क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्रचार गर्दै व्यापार सहजीकरण, आपूर्ति प्रणालीलाई निरन्तरता दिन र अत्यावश्यक सेवा प्रवाहलाई सुचारु राख्न यस्तो आग्रह गरेको हो। 

    चाडपर्वका बेला लामो बिदा हुँदा भन्सार नाकाहरुमा मालसामानको जाँचपास रोकिएर राजस्व संकलनमा असर पर्ने तथा बजारमा वस्तु तथा सेवाको आपूर्तिमा बाधा पुग्ने जोखिम रहन्छ। अर्थ मन्त्रालय र भन्सार विभागको विशेष अनुरोधमा राष्ट्र बैंकले बैंकहरुलाई यो निर्देशन दिएको हो।

    यस निर्देशनले विशेषगरी चीन र भारतबाट आयात हुने चाडपर्वलक्षित सामान र अन्य अत्यावश्यक वस्तुको निर्वाध प्रवेश सुनिश्चित गर्न मद्दत पुग्छ। यसअघि पनि दसैँको टीकाको दिनबाहेक अन्य बिदाका दिनमा भन्सार जाँचपासका लागि बैंकहरु खुला राखिएको थियो।

    राष्ट्र बैंकले ठूलो मूल्यको भुक्तानी र अत्यावश्यक भुक्तानीका लागि प्रयोग गरिने रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली लाई पनि बिदाका दिनमा सञ्चालन गरेको छ। शनिबारका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन गरिएको थियो।

     

    प्रकाशित मिति :कार्तिक २ २०८२ आइतवार - १०:४६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij