Logo

२०८२ कार्तिक १ गते शनिवार

२०८२ कार्तिक १ गते शनिवार

चुनावमा जान पार्टी खोल्न लागेका होइनौँ: मिराज ढुंगाना

चुनावमा जान पार्टी खोल्न लागेका होइनौँ: मिराज ढुंगाना


  • 225
    Shares

    चुनावमा जान पार्टी खोल्न लागेका होइनौँ: मिराज ढुंगाना
    images

    काठमाडौं । जेनजी आन्दोलनका एक अगुवा मिराज ढुंगानाले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूहरू राजनीतिक दल खोलेर अघि बढ्न लागेको बताएका हुन्।

    उनले भने, ‘हामी चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौँ। भिडले देश विकास हुँदैन, कि एनजीओ खोल्नुपर्‍यो कि पार्टी नै खोल्नुको विकल्प छैन। हामीले यो आन्दोलनलाई छाडेर जान मिल्दैन।’

    उनले जेनजीहरूलाई एक ठाउँमा आउन आह्वान पनि गरे। उनले पार्टी खोले पनि आफूहरूको बटमलाइन पूरा नभएसम्म चुनावमा नजाने पनि बताए। ‘बटमलाइन पूरा नभई हामी चुनावमा जाने तयारीमा छैनौँ’, ढुंगानाले भने, ‘प्रत्यक्ष कार्यकारी निर्वाचित कार्यकारीको मुद्दा हाम्रो एउटा बटमलाइन हो। जसलाई सुन्नैपर्छ।’

    उनले थपे, ‘हामी चुनावमा जानभन्दा पनि संगठित भएर अघि बढ्नका लागि पार्टी खोल्न लागेका हौँ।’ पत्रकार सम्मेलन जारी छ। जसमा प्रश्नोत्तर भइरहेको छ। 

    प्रकाशित मिति :कार्तिक १ २०८२ शनिवार - १४:२२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij