२०८२ आश्विन ३१ गते शुक्रवार
काठमाडौं । गोरखा सांस्कृतिक समाजले डिजिटल पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका पत्रकार बिमलबाबु भट्टलाई “गोरखा सांस्कृतिक समाज पत्रकारिता पुरस्कार २०८२” प्रदान गरेको छ।
शनिबार काठमाडौंमा सम्पन्न समाजको दशौं साधारण सभा र पाँचौं अधिवेशनको अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो।
पत्रकार भट्टले लामो समयदेखि मिडिया क्षेत्रमा सक्रिय रहँदै सिम्पानी न्यूज डट कम सञ्चालनमार्फत जनहितका समाचार तथा सूचना प्रवाह गर्दै आएका छन्।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा वरिष्ठ संगीतकार तथा शिक्षाविद् आलोक श्री उपस्थित थिए। उनले पुरस्कारबाट सम्मानित पत्रकार भट्टलाई बधाई दिँदै पत्रकारिताको माध्यमबाट समाज रूपान्तरणमा योगदान पु(याउने सबै मिडिया व्यक्तित्वलाई निरन्तर सक्रिय रहन आग्रह गरे।
सोही अवसरमा समाजका अध्यक्ष सुनिल लामिछाने र कार्यवाहक महासचिव टेक बहादुर गुरुङले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए। निरन्तर पत्रकारिता यात्रा, जिम्मेवार समाचार प्रस्तुति र डिजिटल माध्यममा गरिएको योगदानका कारण भट्टलाई यो वर्षको पत्रकारिता पुरस्कारका लागि चयन गरिएको समाजका अध्यक्ष सुनिल लामिछानेले जानकारी गराए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij