Logo

२०८२ आश्विन ३१ गते शुक्रवार

२०८२ आश्विन ३१ गते शुक्रवार

विद्युतीय सामग्रीको व्यापार घट्यो

विद्युतीय सामग्रीको व्यापार घट्यो


  • 491
    Shares

    विद्युतीय सामग्रीको व्यापार घट्यो
    images

    काठमाडौं । नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलीमिली बत्ती (विद्युतीय सामग्री)को व्यापार आधा घटेको बताउछन्। 
         
    पहिलेपहिले भारतबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा आधाभन्दा बढी बिग्रिने गरेको भए पनि पछिल्ला वर्षमा चीनबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा १० प्रतिशत हाराहारी मात्रै बिग्रिने भएकाले पनि नयाँ किन्नेहरू कम भएको उनको भनाइ छ ।
         
    विद्युत् व्यावसायिक सङ्घ चितवनका अध्यक्ष विष्णुप्रसाद चालिसेले हाल आउनुपर्ने पर्याप्त सामान बजारमा आउन नसकेको र पहिलेको जस्तो उत्साह पनि नभएको बताएका छन्। 

    नेपालमा तिहारका लागि आवश्यक पर्ने झालर भारत र चीनबाट आउने गर्दछन् । तीमध्ये तातोपानी र केरुङ भन्सारबाट आउने सामान रोकिएको र आएका विद्युतीय झालरसमेत बिक्न छाडेको चालिसेले बताएका छन् ।
     
    विद्युतीय सामग्रीको बिक्रीका लागि चितवन अग्रणी जिल्लामध्ये एक पर्दछ । काठमाडौं, पोखरालगायत सहरपछि चितवनमा झालरको बिक्री बढी हुने गर्दछ । जिल्लाको सङ्घमा आबद्ध रहेका २४४ वटा व्यवसायी रहेका छन् । पूर्वी चितवनमा विद्युत् व्यवसायी सङ्घमा रहेका १४३ जना व्यवसायीलेसमेत व्यवसाय हुन नसकेको गुनासो गरेको उनले सुनाएका छन् । दसैँअघि भएको जेनजी आन्दोलनको  प्रभाव व्यवासयमा परेको उनले बताएका छन् ।
     
    विद्युत् व्यवसायी महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष तेजनारायण खरेल १० वर्षअघि जति पनि व्यापार नभएको बताएका छन् । उनको भनाइमा १० वर्षअघि विदेशबाट रु ४० करोडभन्दा बढीको सामग्री आयात हुने गरेकाले हरेक वर्ष बढ्नुपर्नेमा उल्टै घट्दै गएपछि व्यवसायीहरू निराश भएका छन् ।  

    प्रकाशित मिति :आश्विन ३१ २०८२ शुक्रवार - १२:४४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij