२०८२ आश्विन ३० गते बिहिवार
काठमाडौं । जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाहीको साथबाट प्रहरीले असईको परिचयपत्र बरामद गरेको छ ।
असोज २९ मा पक्राउ परेका शाहीको साथबाट प्रहरी असईको परिचयपत्र बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ घर भएका २६ वर्षीय अर्जुन बहादुर शाही ठगी र बैंकिङ कसुरको फरार अभियुक्त समेत रहेका छन् ।
शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरण, वायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रको नाममा त्यहाँको नेतृत्वलाई धम्क्याएको, कोरिया पठाउँछु भनेर ६ जनाको पासपोर्ट लिएको र युवाहरूलाई कोरिया पुगेर रकम दिए हुन्छ भनेर उनले चेक लिएको र त्यसमा रकम भरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij