Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु


  • 309
    Shares

    अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
    images

    काठमाडौं । जिल्लाको छत्रदेव गाउँपालिका-१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाणिनी गाउँपालिका-५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट गाउपालिका-६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको हो । उनीहरू दुवै मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा बेल्बासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए । 

    गम्भीर घाइते दुवैलाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन ३० २०८२ बिहिवार - १४:१८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij