Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

ग्लोबल आइएमई बैंकले बोलायो वार्षिक साधारणसभा, लाभांश पारित हुने

ग्लोबल आइएमई बैंकले बोलायो वार्षिक साधारणसभा, लाभांश पारित हुने


  • 1.2K
    Shares

    ग्लोबल आइएमई बैंकले बोलायो वार्षिक साधारणसभा, लाभांश पारित हुने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले १९ औँ वार्षिक साधारणसभा बोलाएको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा आगामी कात्तिक २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुने भएको छ।

    सभाले गत आर्थिक वर्ष २०८१\८२ का लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्ने छ भने सभाले सहायक कम्पनीहरु ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई सेक्युरिटिजसमेतको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने छ।

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्ने छ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गर्ने छ।

    लाभांश र सभा प्रयोजनका लागि बैंकले कात्तिक १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको कात्तिक १६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

     

    प्रकाशित मिति :आश्विन ३० २०८२ बिहिवार - १३:१४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij