Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पछिल्लो २४ घण्टामा थपिए ९,२७१ कोरोना संक्रमित, १३९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ९,२७१ कोरोना संक्रमित, १३९ जनाको मृत्यु


  • 6.5K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए ९,२७१ कोरोना संक्रमित, १३९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरसका ९ हजार २ सय ७१ नयाँ संक्रमित थपिएका छन् । 

    यस्तै, कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्मकै बढीको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन १३९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।

    १८ हजार ४११ नमुना एन्टीजेन र पीसीआर परीक्षण हुँदा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै, सोही अवधिमा चार हजार ९ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

    यस्तै, सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १९:१७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij