Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

३ करोडभन्दा बढी मूल्यको जग्गा अब सिधै किन्न नपाइने, संस्थागत कारोबार अनिवार्य

३ करोडभन्दा बढी मूल्यको जग्गा अब सिधै किन्न नपाइने, संस्थागत कारोबार अनिवार्य


  • 512
    Shares

    ३ करोडभन्दा बढी मूल्यको जग्गा अब सिधै किन्न नपाइने, संस्थागत कारोबार अनिवार्य
    images

    काठमाडौं । तीन करोडभन्दा महँगो जग्गा अब सिधै किन्न नपाइने भएको छ । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै तीन करोड रुपैयाँ भन्दा धेरैको मूल्यको कारोबारमा संस्थागत कारोबारलाई अनिवार्य गरेको हो ।

    यस अनुसार अब इजाजतपत्र प्राप्त गरेको संस्थालाई ब्रोकर बनाएर मात्रै खरिदबिक्री गर्नु पर्नेछ । 

    भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा मालपोत ऐन, २०३४ को दफा २६ क र २६ख को प्रयोजनका लागि मन्त्रिपरिषद्ले घरजग्गा कारोबारसम्बन्धी नयाँ मापदण्ड जारी गरेको ज  छ । 

    उक्त दफामा तोकिएको क्षेत्रफल वा मूल्यको भन्दा धेरैको कारोबारका लागि इजाजत लिनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार अहिले सरकारले मूल्यको सीमा निर्धारण गरेको हो । 

    यो व्यवस्था हालका लागि महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा हकमा मात्रै अनिवार्य गरिएको छ । अर्थात् यो क्षेत्रभन्दा बाहिरका जग्गा कारोबारको हकमा ३ करोड भन्दा धेरैको जग्गा भए पसिन व्यक्तिगत रूपमा वा इजाजतपत्र प्राप्त नभई समेत किनबेच गर्न सकिनेछ । 

    rajpatra-1_uCePWjYW6i.png

    rajoatra-2_r3CbOUEnzu.jpg

     

    प्रकाशित मिति :आश्विन ३० २०८२ बिहिवार - १२:०६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij