Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट


  • 358
    Shares

    अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट
    images

    काठमाडौं । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् ।

    उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ । 

    भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।

    प्रकाशित मिति :आश्विन ३० २०८२ बिहिवार - ११:४२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij