Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

गण्डकीमा थपिए ६५३ कोरोना संक्रमित, १३ को मृत्यु

गण्डकीमा थपिए ६५३ कोरोना संक्रमित, १३ को मृत्यु


  • 5.2K
    Shares

    गण्डकीमा  थपिए ६५३ कोरोना संक्रमित,  १३ को मृत्यु

    पोखरा । गण्डकी प्रदेशमा सोमबार ६५३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ११ वटै जिल्लामा कुल ६५३ कोरोना संक्रमित थपिएका हुन् ।

    थपिनेमा नवलपुरमा ८६, म्याग्दीमा ६३, बागलुङमा ५८, पर्वतमा ५०, लमजुङमा ३७ संक्रमित छन् । तनहुँ र गोरखामा २२/२२, स्याङ्जामा १५ र मुस्ताङ, मनाङमा १/१ जनामा संक्रमण देखिएको छ । 

    यससँगै प्रदेशमा कोभिड संक्रमितको संख्या २३ हजार ८८२ पुगेको छ । प्रदेशमा ५ हजार ५३३ सक्रिय संक्रमित छन् । सोमबार प्रदेशमा १३ संक्रमितको मृत्यु भएको छ ।

    स्याङ्जाका ४, पर्वतका ३, म्याग्दी, कास्कीका २/२,  तनहुँ, रुपन्देहीका १/१ जनाले ज्यान गुमाएका छन् । प्रदेशमा कोरोनाले ज्यान गुमाउनेको संख्या २७६ पुगेको छ ।


    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १८:१७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij