Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

नेपाल लगातार दोस्रोपटक विश्वकपमा

नेपाल लगातार दोस्रोपटक विश्वकपमा


  • 183
    Shares

    नेपाल लगातार दोस्रोपटक विश्वकपमा
    images

    काठमाडौं । नेपाल र ओमानले २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

    ओमानमा जारी एसिया, इस्ट एसिया क्षेत्र विश्वकप छनोट प्रतियोगितामा शीर्ष दुईमा रहने पक्का भएसँगै नेपाल र ओमान विश्वकपमा पुगेका हुन् । नेपाल लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक विश्वकपमा पुगेको हो ।
    नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । त्यसपछि सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा भएको विश्वकपमा नेपाल सहभागी भएको थियो । 

    ओमान अहिले सुपर सिक्सका खेलहरू चलिरहेका छन् । नेपालले सुपर सिक्समा लगातार दुई खेल जितेर चार अंक बटुलेको थियो भने समूह चरणमा विजेता रहँदै दुई अंक पाएको थियो । त्यसअनुसार नेपालको ६ अंक पुगेको छ ।

    अब सुपर सिक्समा रहेका तीनवटा टिमहरूको मात्र ६ अंक पुग्नसक्ने समीकरण बनेको छ । शीर्ष तीन टिम विश्वकपमा पुग्ने भएकाले नेपाल र ओमानले आफ्नो स्थान पक्का गरेका हुन् । 

    बुधबार कतारले जापानलाई पराजित गरेपछि नेपाल र ओमान ६ अंकसहित छनोटमा सुरक्षित भएका हुन् । नेपालले बुधबार ओमनसँग खेल्दै छ भने शुक्रबार सामाओसँग खेल्नेछ । ओमानले शुक्रबार नै जापानसँग खेल्नेछ । सुपर सिक्समा कतारले ३ खेल खेल्दा २ अंक बुटुल्यो र उसले अब एउटा खेल खेल्न बाँकी छ । 

    नेपालले अब सुपर सिक्समा ओमान र सामाओसँग खेल्नेछ । प्रतियोगिताको उपाधि जित्न बुधबार ओमानसँगको खेल निर्णायक हुने देखिन्छ । विश्वकपमा छनोट हुनका लागि तेस्रो टिमको टुंगो सुपर सिक्सका बाँकी खेलहरूमा भर पर्नेछ । तेस्रो टिमका लागि यूएई, जापान, सामोआ र कतारबीच प्रतिस्पर्धा छ । यसमध्ये यूएईको सम्भावनामा धेरै छ ।

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - २०:२२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij