Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई लिफ प्लसका सामानमा २० प्रतिशत छुट

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई लिफ प्लसका सामानमा २० प्रतिशत छुट


  • 1.5K
    Shares

    नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई लिफ प्लसका सामानमा २० प्रतिशत छुट

    काठमाडौं । नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रालिबिच सम्झौता  भएको छ । बैंकमा कार्यरत कर्मचारीहरु र ग्राहकहरूले काठमाडौंको शंखमुल स्थित लिफ प्लस प्रालिले उत्पादन र बिक्रि गर्ने सामानहरु खरिख गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

    नेपाल बैंक र लिफ प्लस प्रालिले गत सोमबार छुट सम्बन्धी सम्झौता गरेको हुन् । सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका छन् ।

    उक्त सम्झौतापश्चात लिफ प्लसले उत्पादन तथा बिक्रि गर्ने पर्यावरणमैत्री प्राकृतिक सुपारीको पातबाट निर्मित घरायसी सामानका वस्तुहरु जस्तै प्लेट, कचौरा, थाल, चम्चा, आदी कम्पनीको वेभसाइट (https://leafplus.com.np/), ह्वासएप तथा सिधा सम्पर्क मार्फत खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंककोमोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा बिल रकममा २० प्रतिशतसम्म छुट पाउने छन् ।

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - १६:४९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij