Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबिच छुट्टाछुट्टै भेटवार्ता

अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबिच छुट्टाछुट्टै भेटवार्ता


  • 309
    Shares

    अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबिच छुट्टाछुट्टै भेटवार्ता
    images

    काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा विभिन्न दातृ निकाय र अमेरिकी उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।  

    विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगेका खनालले अमेरिकी वाणिज्य प्रतिनिधिसँगको भेटमा नेपाल-अमेरिका व्यापार र लगानी प्रवद्र्धनका विषयमा विस्तृत छलफल गरे ।

    सो अवसरमा उनले नेपाल ट्रेड प्रिफेन्स प्रोग्रामको म्याद थप गर्न अमेरिकी पक्षलाई आग्रह गरे । त्यसैगरी अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँगको भेटमा दुई देशबिचको सम्बन्ध सुदृढ पार्ने र आपसी हितका विषयमा विचार-विमर्श भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    अर्थमन्त्री खनालले साउदी फन्ड र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । ती भेटवार्तामा नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउने विषयमा छलफल भएको थियो । साउदी फन्डका प्रतिनिधिले नेपालमा सिँचाइ र जलविद्युत क्षेत्रमा निरन्तर लगानी रहने जानकारी दिएका छन् ।

    जाइका प्रतिनिधिसँगको भेटमा बिपी राजमार्ग पुनर्स्थापना, नागढुंगा सुरुङ मार्ग, र कोटेश्वर सेक्सन आयोजना छिटो अघि बढाउनेबारे समेत कुराकानी भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिए । 

    उनका अनुसार मन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषका एसिया-प्रशान्त निर्देशक कृष्णा श्रीनिभासनसँग विस्तारित कर्जा कार्यक्रमको निरन्तरताबारे छलफल गरेका थिए । 

    बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन, वाणिज्य बैंकहरूको कर्जा पोर्टफोलियो अध्ययन, र वित्तीय स्थायित्व कायम राख्ने विषयमा समेत विचार आदान-प्रदान भएको पाण्डेले जानकारी दिए । भेटवार्तामा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको पनि उपस्थिति रहेको थियो ।

     

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - १४:२६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij