Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस, कांग्रेस-एमाले सत्ताबाहिर

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस, कांग्रेस-एमाले सत्ताबाहिर


  • 449
    Shares

    मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस, कांग्रेस-एमाले सत्ताबाहिर
    images

    काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका उपाध्यक्ष जितेन्द्र सोनल दाबी पेस गरेका छन् । नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् । 

    कांग्रेस र एमालेलाई सरकार बाहिर राखेर मधेस प्रदेशसमा सरकार गठनको प्रयास भएको हो । १०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य कायम भएको छ । 

    एमालेका एक निलम्बितसहित २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्बितसहित ९, नेकपा (एकीकृत समाजवादी) पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीका १-१ जना प्रदेशसभा सदस्य रहेका छन् । सोनलको पक्षमा ५ पार्टीका ५६ सांसद देखिएका छन् ।  

    564852088_806254202333893_1647503035166277029_n-(1)_aug3tiliqW.jpg

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - १०:४९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij