२०८२ आश्विन २९ गते बुधवार
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका नेताहरूबिच छलफल सुरु भएको छ । संसद् विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा लागेका सभामुख घिमिरेले सिंहदरबारमा दलहरूलाई बोलाएर छलफल गरेका हुन् ।
सभामुखले ११ राजनीतिक दलहरूलाई छलफलमा बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) छन् ।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभा विघटन हुनुअघिका प्रमुख सचेतकहरू सहभागी रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij