Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

कांग्रेस केन्द्रीय समिति बैठकमा सुरक्षा व्यवस्थामा कडाइ, देउवा पहिलोपटक सहभागी हुँदै

कांग्रेस केन्द्रीय समिति बैठकमा सुरक्षा व्यवस्थामा कडाइ, देउवा पहिलोपटक सहभागी हुँदै


  • 1.7K
    Shares

    कांग्रेस केन्द्रीय समिति बैठकमा सुरक्षा व्यवस्थामा कडाइ, देउवा पहिलोपटक सहभागी हुँदै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकका लागि नेताहरू पार्टी कार्यालय पुग्न थालेका छन् ।

    जेनजी आन्दोलनमा आगजनी भएको पार्टी कार्यालयमै बैठक बस्न लागेको हो । बैठकका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीहरूको बाक्लो उपस्थिति छ ।

    कार्यालय प्रवेश गर्ने मुख्य ढोका भन्दा बाहिर नै भित्र प्रवेश गर्नेहरूलाई प्रहरीले जाँच गरेको छ । सञ्चारकर्मीहरूलाई पनि सूचना विभागको पासको आधारमा प्रवेशको व्यवस्था मिलाइएको छ ।

    नेताहरूका गाडीलाई बाहिर राखिएको छ । बाहिरै ‌ओर्लिएर नेताहरू हिँडेर कार्यालय प्रवेश गरेका छन् । आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि उपस्थित हुने तयारी छ ।

    con1.JPG

    images
    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १३:३२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij