Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

संसद् विघटनविरुद्धको रिट सर्वोच्च अदालतमा पेस

संसद् विघटनविरुद्धको रिट सर्वोच्च अदालतमा पेस


  • 365
    Shares

    संसद् विघटनविरुद्धको रिट सर्वोच्च अदालतमा पेस
    images

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अहिलेसम्म तीनवटा रिट पेस भइसकेको बताए। 

    ‘तीनवटा रिट आइसकेका छन्। दर्ता भइसकेको छैन। साथीहरुले अध्ययन गरिरहनु भएको छ’, प्रवक्ता कोइरालाले भने। सर्वोच्च अदालतले मंगलबारदेखि नै रिट दर्ता गर्ने निर्णय गरेको हो। पहिलो दिन नै अदालतमा रिट पेस भएको हो। 

    प्रतिनिधि सभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरिएको छ। सरकारलाई असंवैधानिक घोषणा गर्न र संसद् पुनर्स्थापना गर्न माग गर्दै सिन्धुलीका युवराज पौडेल ‘सफलले पनि रिट दायर गरेका छन्।

    रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कानुनमन्त्री अनिलकुमार सिन्हा, गृह मन्त्रालय र संघीय संसद सचिवालयलाई विपक्षी बनाइएको छ। 

    रिटमा भदौ २३ गते भएको घटनालाई मानवताविरोधी अपराध घोषणा गरी दोषीलाई कानुनको दायरामा ल्याउन, २४ गते सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति भवन लगायतका सार्वजनिक र निजी सम्पत्ति जलाउने व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउन माग गरिएको छ। 

    जेनजी आन्दोलन राजनीतिक र संवैधानिक परिवर्तनका लागि नभई भ्रष्टचारीलाई कारबाही र सुशासनको प्रत्याभूतिका लागि भएको रिटमा दाबी गरिएको छ। 

     

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १२:२२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij