Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

कामना सेवाका अध्यक्ष सुदिप आचार्यको सपथ ग्रहण सम्पन्न

कामना सेवाका अध्यक्ष सुदिप आचार्यको सपथ ग्रहण सम्पन्न


  • 365
    Shares

    कामना सेवाका अध्यक्ष सुदिप आचार्यको सपथ ग्रहण सम्पन्न
    images

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले मंगलवार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम वहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 

    बैंकको गत शुक्रवार सम्पन्न १९ औं वार्षिक साधारणसभावाट संचालकमा निर्वाचित आचार्यलाई सोही दिन वसेको संचालक समितिको बैठकले अध्यक्षमा चयन गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनमा निर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ ।

    उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्यन्द्र तिमिल्सीना, विकास बैंकका संचालक र प्रमुख कार्यकारी अधिकृत लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । 

    बैंकको शुक्रवार सम्पन्न १९ औं वार्षिक साधारणसभावाट संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए ।

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १२:२२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij