Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दुई हजार चार सय ५१ सैन्य दीक्षित, उत्कृष्ट शिक्षार्थीलाई पुरस्कार प्रदान

दुई हजार चार सय ५१ सैन्य दीक्षित, उत्कृष्ट शिक्षार्थीलाई पुरस्कार प्रदान


  • 2.2K
    Shares

    • images
    दुई हजार चार सय ५१ सैन्य दीक्षित, उत्कृष्ट शिक्षार्थीलाई पुरस्कार प्रदान

    काठमाडौं । नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटमा सञ्चालित सैन्य आधार तालिम आज समापन गरिएको छ । 

    तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सेनाका तालिम केन्द्रसहित विभिन्न १९ स्थानमा सञ्चालित नौ महिना अवधिको सैन्य आधार तालिम दुई हजार १०२ जना पुरुष र ३४९ जना महिला पूरा गरी दीक्षित भएका हुन् ।

    तालिम समापनका अवसरमा त्रिशूलीस्थित श्री नं १ सैन्य तालिम केन्द्रमा तालिम महानिर्देशक ध्रुवप्रकाश शाहलगायतका सैनिक अधिकृतले  कवाज निरीक्षण गरी उत्कृष्ट शिक्षार्थीलाई पुरस्कार प्रदान गरे । 

     

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १७:४४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij