२०८२ भाद्र ३ गते मंगलवार
भक्तपुरमा टिपरको ठक्करबाट घाइते भएका स्कुटरमा सवार व्यक्तिको मृत्यु भएको छ ।
आइतबार राति साढे १० बजे सुर्यबिनायक नगरपालिका ६ स्थित अरनिको राजमार्गमा लु २ ख ४५८८ नम्बरको टिपरले वागमती प्रदेश ०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा जगातीका ४० वर्षीया राजाराम सुवाल गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा अन्नपुर्ण न्युरो अस्पताल माइतीघरमा सोमबार दिउँसो मृत्यु भएको हो । घटना लगतै उनलाई डा. ईवामुरा अस्पताल सल्लाघारी भक्तपुर लगिएको थियो ।
आइतबार राति नै उनलाई अन्नपुर्ण रिफर गरिएको थियो । टिपर चालक लमजुङ बेशीशहर गाँउपालिका–११ का ३५ वर्षीय टार्जुन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij