Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

सुनको मूल्य नाघ्यो २ लाख ४० हजार, चाँदी ३२ सय माथि

सुनको मूल्य नाघ्यो २ लाख ४० हजार, चाँदी ३२ सय माथि


  • 470
    Shares

    सुनको मूल्य नाघ्यो २ लाख ४० हजार, चाँदी ३२ सय माथि
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ४० हजार ४०० रुपैयाँ कायम भएको छ।

    हिजो सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको थियो।

    साथै, आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँले बढेर चाँदी ३ हजार १२५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १२:३८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij