Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

ललितपुरमा गोदावरी फूल प्रदर्शनी हुने

ललितपुरमा गोदावरी फूल प्रदर्शनी हुने


  • 281
    Shares

    ललितपुरमा गोदावरी फूल प्रदर्शनी हुने
    images

    काठमाडौं । ललितपुरमा १८ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२ आयोजना हुने भएको छ । असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म ललितपुरको जावलाखेलको खेल मैदानमा फूल प्रदर्शनी हुने भएको हो ।

    आइतबार फ्लोरिकल्चर एसोसिएसन नेपालले एक पत्रकार सम्मेलनको आयोजना गरी सो प्रदर्शनी नेपालको एक मात्र बृहत् गोदावरी फूल प्रदर्शनी भएको रहेको जानकारी दिएको छ ।

    प्रदर्शनीमा ८० वटा व्यावसायिक स्टल, एउटा प्लान्ट क्लिनिक स्टल, ५ वटा अफिसियल स्टल, २ वटा प्रतियोगितात्मक स्टल र २ वटा फोटो सेल्फी स्टल गरी ९० वटा प्रदर्शनी कक्ष रहने जानकारी दिएको छ । 

    ‘रोपेर फूल गोदावरी, सजाऔँ  घर आँगन वरिपरि’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूल बिरुवाहरू प्रदर्शित र बिक्री वितरण हुने जनाइएको छ । 

    g1.jpg

    g2.jpg

     

    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - १४:२८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij