Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रधानमन्त्री कार्कीका नाममा नक्कली फेसबुक पेजबाट पूर्वप्रधानमन्त्री ओलीबारे अनर्गल प्रचार

प्रधानमन्त्री कार्कीका नाममा नक्कली फेसबुक पेजबाट पूर्वप्रधानमन्त्री ओलीबारे अनर्गल प्रचार


  • 1.3K
    Shares

    • images
    प्रधानमन्त्री कार्कीका नाममा नक्कली फेसबुक पेजबाट पूर्वप्रधानमन्त्री ओलीबारे अनर्गल प्रचार

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका नाममा खुलेको एक नक्कली फेसबुक पेजले आपत्तिजनक सन्देश सम्प्रेषण गरेको छ ।

    ‘पीएम सुशीला कार्की’ नामको उक्त फेसबुक पेजमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबारे अनर्गल प्रचार गरेको छ ।

    प्रधानमन्त्रीको फोटो र राष्ट्रिय निशाना छाप संयोजन गरेर प्रयोगमा ल्याइएको उक्त पेजमा ओलीसहित राजनीतिक दल र तिनका नेताविरुद्ध अनर्गल प्रचार गरिएको फोटा र विवरण राखिएको छ ।

    प्रधानमन्त्रीको नाममा चलाइएका नक्कली फेसबुक पेज, त्यसमा राखिएका उत्तेजक भिडियो र फोटो तथा विवरणबारे प्रधानमन्त्री कार्यालयले कुनै प्रतिक्रिया जनाएको छैन ।

    यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री कार्कीको नक्कली फेसबुक पेजमा ३४ हजार फ्लोअर्स पुगेका छन् । पीएम सुशीला कार्कीका नाममा अरु पनि कैयौँ नक्कली फेसबुक आईडी बनेको देखिएको छ ।

    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - ११:५४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij