Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

एकतर्फी खुल्यो बीपी राजमार्ग, आइतबारबाट दुईतर्फी सडक नै सञ्चालनमा आउने

एकतर्फी खुल्यो बीपी राजमार्ग, आइतबारबाट दुईतर्फी सडक नै सञ्चालनमा आउने


  • 750
    Shares

    एकतर्फी खुल्यो बीपी राजमार्ग, आइतबारबाट दुईतर्फी सडक नै सञ्चालनमा आउने
    images

    काठमाडौं । बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । 

    असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको बाढी पहिरोबाट संघीय राजधानी काठमाडौंलाई बागमती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने उक्त राजमार्ग अवरुद्ध भएको थियो । 

    राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले बताएका छन् । आइतबारबाट सडक दुईतर्फी रूपमा नै सञ्चालनमा आउने उनले बताएका छन्  ।

    अवरुद्ध भएको सडक खुलाउन रोशीखोलमा डाइभर्सन निर्माण, बगरलाई मिलाउने र खाल्डा पुरिएको छ । क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो । बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्‍याएको थियो । 

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १६:३७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij