Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एकतर्फी खुल्यो बीपी राजमार्ग, आइतबारबाट दुईतर्फी सडक नै सञ्चालनमा आउने

एकतर्फी खुल्यो बीपी राजमार्ग, आइतबारबाट दुईतर्फी सडक नै सञ्चालनमा आउने


  • 1.7K
    Shares

    • images
    एकतर्फी खुल्यो बीपी राजमार्ग, आइतबारबाट दुईतर्फी सडक नै सञ्चालनमा आउने

    काठमाडौं । बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । 

    असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको बाढी पहिरोबाट संघीय राजधानी काठमाडौंलाई बागमती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने उक्त राजमार्ग अवरुद्ध भएको थियो । 

    राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले बताएका छन् । आइतबारबाट सडक दुईतर्फी रूपमा नै सञ्चालनमा आउने उनले बताएका छन्  ।

    अवरुद्ध भएको सडक खुलाउन रोशीखोलमा डाइभर्सन निर्माण, बगरलाई मिलाउने र खाल्डा पुरिएको छ । क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो । बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्‍याएको थियो । 

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १६:३७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij