Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सरकारले सुरक्षाकर्मी फिर्ता बोलाएपछि पूर्वजनमुक्ति सेनाको सुरक्षा घेरामा प्रचण्ड, दीपशिखाले पोखे आक्रोश

सरकारले सुरक्षाकर्मी फिर्ता बोलाएपछि पूर्वजनमुक्ति सेनाको सुरक्षा घेरामा प्रचण्ड, दीपशिखाले पोखे आक्रोश


  • 1.3K
    Shares

    • images
    सरकारले सुरक्षाकर्मी फिर्ता बोलाएपछि पूर्वजनमुक्ति सेनाको सुरक्षा घेरामा प्रचण्ड,  दीपशिखाले  पोखे आक्रोश

    काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको छ । उक्त निर्णयमा नेकपा माओवादी केन्द्रका नेता तथा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आक्रोश पोखेका छन् । 

    गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेका पूर्वपदाधिकारीहरूको सुरक्षा निकायले तत्काल फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णय सञ्चार माध्यमबाट बाहिरिएपछि दीपशिखाले आक्रोश पोखेका हुन् । 

    उनले प्रचण्ड लगायत माओवादी नेताहरुको सुरक्षा पूर्वजनमुक्ति सेना ९पीएलए०ले गरिरहेको र गरिरहने सामाजिक सञ्जालमा लेखेका थिए । साथै, ढिलोचाँडो बदलाभावको सत्ता डण्डा ओलीको जस्तै हुने चेतावनी दिएका थिए ।

    उनले  लेखेका छन्, प्रचण्ड लगायत माओवादी नेताहरूको सुरक्षा वाईसीएल र पूर्व पीएलएले गर्छ र गरिरहेको छ । बुझ्नुपर्छ– ढिलोचाँडो बदलाभावको सत्ता डण्डा केपी ओलीको जस्तो हुन्छ’,।

    भदौ २३ र २४ गते जेनजी विद्रोहका क्रममा देशको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारसहित सर्वोच्च अदालत, संसद् भवन, राजनीतिक दलहरुका कार्यालय, नेताहरुको निजी निवासमा आगजनी भएपछि प्रचण्ड उच्च सुरक्षा घेरामा बसेका थिए । तर भदौ २४ गते एक दिन मात्र राज्यको सुरक्षामा बसेको दीपशिखाले दाबी गरेका छन् । 

     

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १३:५२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij