Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

सुन आयातको सीमा बढ्यो, विप्रेषणको भुक्तानी सीमा पनि परिवर्तन

सुन आयातको सीमा बढ्यो, विप्रेषणको भुक्तानी सीमा पनि परिवर्तन


  • 1.5K
    Shares

    सुन आयातको सीमा बढ्यो, विप्रेषणको भुक्तानी सीमा पनि परिवर्तन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक सीमा बढाएको छ । शुक्रबार राष्ट्र बैंकले एकीकृत परिपत्र  संशोधन गर्दै सुन आयातको दैनिक सीमा बढाएको हो।

    त्यस्तै, विदेशबाट आउने विप्रेषणको भुक्तानी सीमामा पनि परिवर्तन गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागले  जारी गरेको नयाँ परिपत्रअनुसार यी व्यवस्था लागू हुने भएको छ। 

    नयाँ व्यवस्थाअनुसार, सुन आयातको दैनिक सीमा हालको २० किलोग्रामबाट बढाएर २५ किलोग्राम पुर्‍याइएको छ। 

    अब नेपाली वा विदेशी नागरिक तथा नेपालमा दर्ता भएका फर्म\कम्पनी\संस्था\शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका विभिन्न प्रयोजनका लागि विदेशबाट प्राप्त हुने र फिर्ता गर्नु नपर्ने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित बेनेफिसियरीको खातामा जम्मा गर्दा दैनिक २५ लाख रुपैयाँसम्म (एकपटक वा पटकपटक) भुक्तानी गर्न सकिनेछ। 

    111_9K7rrik4eK.jpg

     

     

     

    images
    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १२:५३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij