Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

क्यासिनोले राष्ट्र बैंकबाट इजाजत लिएरमात्रै विदेशी मुद्राको कारोबार गर्न पाउने

क्यासिनोले राष्ट्र बैंकबाट इजाजत लिएरमात्रै विदेशी मुद्राको कारोबार गर्न पाउने


  • 1.4K
    Shares

    क्यासिनोले राष्ट्र बैंकबाट इजाजत लिएरमात्रै विदेशी मुद्राको कारोबार गर्न पाउने

    काठमाडौं । अब क्यासिनो लगायतका संस्थाहरुले इजाजतपत्र (लाइसेन्स) लिएर मात्र विदेशी मुद्रा कारोबार गर्न पाउने भएका छ।

    नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाले विदेशी मुद्राको कारोबार गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको हो। यसको अर्थ क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न केन्द्रीय बैंकसँग इजाजत लिनुपर्ने भएको छ।

    क्यासिनोलाइ विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा  ‘नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ को परिच्छेद–४ अनुसार क्यासिनोलाई विदेशी मुद्रा कारोबारको इजाजत प्रदान गर्ने व्यवस्था गरिएको छ ।’

    राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार विदेशी मुद्राको कारोबार गर्नका लागि अनिवार्य रूपमा बैंकबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको जानकारी दिएको छ ।

    Capture-768x371.png

     

    images
    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १२:३९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij