Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

कुमारी बैंक र जीआईजेड नेपालबीच विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनका लागि सम्झौता

कुमारी बैंक र जीआईजेड नेपालबीच विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनका लागि सम्झौता


  • 330
    Shares

    कुमारी बैंक र जीआईजेड नेपालबीच विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनका लागि सम्झौता
    images

    काठमाडौं । नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक र जीआईजेडबीच सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट अफ नेपाल परियोजनाअन्तर्गत सम्झौतामा हस्ताक्षर भएको छ ।

    यस सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात-विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसहरूको स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग प¥याउने विश्वास गरिएको छ ।

    उक्त परियोजना जीआईजेड नेपाल र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्यूटद्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो । यो परियोजना एमएएफको आर्थिक सहयोगमा सञ्चालन भईरहेको छ । 

    यस कार्यक्रमले करिब ३,५०० विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पुर्याउने छ । 

    कुमारी बैंकले विशेष वित्तीय योजना र प्रारम्भिक डाउन पेमेन्ट अनुदानको व्यवस्था गर्नेछ, जसले गर्दा सवारी खरिदको लागत कम हुनेछ र यसलाई आर्थिक रूपमा पनि सहज बनाउनेछ ।

     

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १२:२३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij