२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलनका लागि आरटीजीएस शनिबार बिदाका दिन पनि सुचारु रहने जनाएको छ ।
केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।
आरटीजीएस प्रणाली शनिबार (असोज २५ गते) पनि सुचारु रहने भएको छ। यो दिन आरटीजीएस प्रणाली बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म १२ घन्टा सुचारु रहने भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij