Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

गाजा शान्ति सम्झौता इजरायलद्वारा अनुमोदन, जाग्यो बन्धक रिहा हुने आशा

गाजा शान्ति सम्झौता इजरायलद्वारा अनुमोदन, जाग्यो बन्धक रिहा हुने आशा


  • 1.5K
    Shares

    गाजा शान्ति सम्झौता इजरायलद्वारा अनुमोदन, जाग्यो बन्धक रिहा हुने आशा

    इजरायल । इजरायलले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ। योसँगै गाजामा चाँडै युद्धविराम लागु हुने आशा गरिएको छ।

    इजरायलीका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, 'सरकारले मृत वा जीवित सबै बन्धकहरूको रिहाइको योजनालाई अनुमोदन गरेको छ।'

    सम्झौता अनुमोदनपछि निम्न कुरा सकेसम्म चाँडो कार्यान्वयन हुने अपेक्षा गरिएको छ:

    गाजामा युद्धविराम

    इजरायली सेना गाजाबाट फिर्ता 

    बन्धक र शव आदानप्रदान

    गाजामा मानवीय सहायतामा पहुँच

    यो अमेरिकाले तयार पारेको गाजा शान्ति योजनाको पहिलो चरण हो। यसमा इजरायलद्वारा प्यालेस्टिनी कैदीहरूको रिहाइ पनि समावेश छ।

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - ०७:४१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij