२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । नुवाकोटको कोल्पुखदोलामा १० दिन हराइरहेकी एक महिलाको शव फेला परेको छ। खोलाको किनारामा सडेगलेको अवस्थामा महिलाको शव फेला परेको हो।
ककनी गाउँपालिका-३ मसिने स्थित कोल्पुखोला किनारामा १० दिनदेखि हराइरहेकी एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ। नुवाकोटकै ५० वर्षीय माइती तामाङको शव फेला परेको प्रहरी नायब उपरीक्षक विक्रम लामाले बताएका छन्। माइती यही असोज १३ गतेदेखि हराएकि थिइन।
माइती र उनका पति स्थानीय ककनी डम्पिङ साइडमा फोहोर संकलनको काम गर्ने पाइएको छ । माइती तामाङ असोज १३ गते बिहानदेखि हराइरहेकोमा १० दिनपछि उनको शव फेला परेको डीएसपी लामाले बताएका छन्। उक्त घटनाको थप अनुसन्धान भइरहेकोनुवाकोट प्रहरीले जानकारी दिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij