Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

मन्त्री घिसिङद्वारा टियु मैदानको अवलोकनः एनपिएल अगावै सबै काम सक्न निर्देशन

मन्त्री घिसिङद्वारा टियु मैदानको अवलोकनः एनपिएल अगावै सबै काम सक्न निर्देशन


  • 1.4K
    Shares

    मन्त्री घिसिङद्वारा टियु मैदानको अवलोकनः एनपिएल अगावै सबै काम सक्न निर्देशन

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित निर्माणाधिन टियु क्रिकेट मैदानको निरीक्षण गरेका छन् । बिहीवार अपरान्ह कीर्तिपुर पुगेर मन्त्री घिसिङले निर्माणाधिन टियु क्रिकेट मैदानको निरीक्षण गरेका हुन् ।

    सो क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पहिलो चरणको काम लगभग सकिएको बताएका छन् । फ्लड लाइट राख्ने काम एक महिनाभित्र सक्ने प्रतिवद्धता आएको बताएका छन् । नेपाल प्रिमियर लिगको अगाडि पहिलो चरणको काम सक्ने बताएका छन् भने करिव १२ हजार दर्शक बसेर हेर्न मिल्ने पारापिट बनेको बताएका छन् । 

    मैदानको सम्पूर्ण काम सकिँदा २५ देखि ३० हजार दर्शक अट्नसक्ने बताएका छन्। एनपिएल अगाडि सबै काम सक्न पनि निर्देशन दिएका छन् भने एनपिएल मंसिर १ गतेबाट शुरु हुने भएको छ । 

    नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मैदान बन्ने क्रममा रहेको र नेपाल प्रिमियर लिगको लागि भनेर काम धमाधम भइरहेको बताएका छन् । उनले मैदानको खेल्ने ग्राउण्ड पिच तयारी अवस्थामा रहेको बताएका छन् भने आगामी दुई हप्तामा मैदानको धेरै परिवर्तन आउने दाबी गरेका छन् । 

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - १६:४५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij