Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अफगानिस्तानमा बिस्फोट : १३ सर्वसाधारणको मृत्यु, ३७ जना घाइते

अफगानिस्तानमा बिस्फोट : १३ सर्वसाधारणको मृत्यु, ३७ जना घाइते


  • 9.4K
    Shares

    अफगानिस्तानमा बिस्फोट  : १३ सर्वसाधारणको मृत्यु, ३७ जना घाइते

    काबुल । युद्धग्रस्त मुलुक अफगानिस्तानको जाबुल र परवान प्रान्तमा भएका दुई अलग अलग बिस्फोटमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार भएका यी बिस्फोटमा अरु ३७ जना घाइते भएका छन् ।
     
    अफगानिस्तानको गृह मन्त्रालयका अनुसार जाबुलमा ११ जना सर्वसाधारणको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । सडक किनारामा बिछ्याइएको बारुदी सुरुङ बिस्फोटबाट सर्वसाधारण हताहत भएका हुन् । 

    आइतबार बेलुकीपख जाबुलको शहर–ए–साफा जिल्लामा एउटा यात्रुबाहक बसलाई लक्षित गरी उक्त बिस्फोटन भएको मन्त्रालयले जनाएको छ ।

    यसैगरी, सोमबार बिहान परवान प्रान्तको पुल–ए–मटाक क्षेत्रमा पनि यात्रुबाहक बसलाई लक्षित गरी बारुदी सुरुङ बिस्फोट गराउँदा दुई जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन् । 

    परवान अस्पतालका प्रमुख डा कासिम साङ्गिनले घाइतेहरुलाई नजिकका अस्पतालमा भर्ना गरिएको जानकारी दिनुभयो । उक्त घटनामा महिला र बालबालिका बढी घाइते भएका छन् । 

    सरकारी पक्षले उक्त घटनाहरु तालिबान विद्रोही समूहले गराएको आरोप लगाए पनि तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन । रासस

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १३:२०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij