Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

स्पेनमा तिब्र गतिको रेल दुर्घटनाः मृतकको संख्या २१ पुग्यो

स्पेनमा तिब्र गतिको रेल दुर्घटनाः मृतकको संख्या २१ पुग्यो


  • 729
    Shares

    स्पेनमा तिब्र गतिको रेल दुर्घटनाः मृतकको संख्या २१ पुग्यो

    काठमाडौं । स्पेनको कोर्डोबा नजिक दुईवटा तिब्र गतिका रेलहरू एकआपसमा ठोक्किँदा २१ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा २५ जना गम्भीर घाइते भएका छन् । 

    स्पेनको दक्षिणी शहर कोर्डोबा नजिकै आईतवार दुईवटा तिब्र गतिका रेलहरू लिकबाट बाहिर निस्केर ठोक्किएका थिए । जब मालागा–म्याड्रिड मार्गमा ३१७ यात्रु बोकेर हिँडिरहेको रेल अज्ञात कारणले लिकबाट बाहिर गयो ।  उक्त रेलले छेउकै ट्रयाकमा गुडिरहेको म्याड्रिड–हुएल्भा रेललाई ठक्कर दिएको थियो ।

    यातायात मन्त्री ओस्कार पुएन्टेले मालागा–म्याड्रिड रेलका अन्तिम दुई डिब्बाहरू लिकबाट उछिट्टिएर अर्को रेलको पहिलो दुई डिब्बामा ठक्कर खाएको जानकारी दिनुभयो । प्रधानमन्त्री पेड्रो सान्चेज र स्पेनी राजपरिवारले मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । 

    प्रभावित मार्गमा रेल सेवा कम्तीमा मंगलवारसम्मका लागि स्थगित गरिएको छ । यसअघि सन् २०१३ मा सान्टियागो डे कम्पोस्टेलामा भएको रेल दुर्घटनामा ७९ जनाको ज्यान गएको थियो । 

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - ११:३८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij